२१ जेठ २०८३, बिहीबार

मेलम्ची नदीमा महिलाको शव फेला

असार १३, २०८१
सिन्धुपाल्चोक
मेलम्ची नदीमा महिलाको शव फेला

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ तालामाराङमा एक महिलाको शव फेला परेको छ । आज बिहान अन्दाजी २२ वर्षीय निशाकुमारी तामाङको शव फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी प्रमुख, प्रहरी निरीक्षक भगवती तिमिल्सेनाले जानकारी दिइन् । 

हेलम्बु गाउँपालिका–५ की तामाङको मानसिक सन्तुलन ठीक नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । परिवारसँग हिजो काठमाडौँ जान्छु भनेर हिँडेकी उनी हेलम्बु गाउँपालिका–२ चिउरीखर्कस्थित खोला तर्दै गरेका देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्