
आईसीसी टी–२० क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा भारतले पहिलो ब्याटिङ गर्ने भएको छ ।
गुयानाको प्रोभिडेन्स रंगशालामा इंग्ल्यान्डका कप्तान जोस बटलरले टस जितेर बलिङ रोजेसँगै भारतले पहिले ब्याटिङको निम्तो पाएको हो ।
वर्षाका कारण भारत र इंग्ल्यान्डबीचको खेल निर्धारित समयभन्दा एक घण्टा ढिला शुरू हुन लागेको हो ।
टस हुन नसकेपछि खेल पनि निर्धारित समय (बिहीवार साँझ ८ः१५)मा शुरू हुन सकेको थिएन ।
यसको विजेताले दक्षिण अफ्रिकासँग उपाधिका लागि खेल्नेछ ।