३० असार २०८३, मंगलबार

समाजवादी कार्यक्रम महाधिवेशनमा अनुमोदन हुन्छः पूर्वप्रधानमन्त्री खनाल

असार १३, २०८१
काठमाडौं
समाजवादी कार्यक्रम महाधिवेशनमा अनुमोदन हुन्छः पूर्वप्रधानमन्त्री खनाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का  सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले  पार्टीले अघि सारेको समाजवादी कार्यक्रम आसन्न महाधिवेशनमा अनुमोदन हुने बताएका छन् । 

पार्टी निकट युवा सङ्घ नेपालद्वारा आज आयोजित कार्यक्रममा उनले मुलुकको सङ्कटको सामना गर्ने गरी समाजवादी कार्यक्रम  बनाइएको बताए । 

श्रमजीवि युवाहरु पलायन भइरहेको अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवाहरु एकजुट हुनु जरुरी रहेको बताउँदै नेता खनालले लोकतान्त्रिक, देशभक्त र समाजवादी दृष्टिकोणलाई स्थापित गर्न युवाहरु एकताबद्ध भएर क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे।

समाजवादले मात्र विद्यमान शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समाधान गर्नसक्ने विचार व्यक्त गर्दै उनले भने, “हाम्रो देश यतिवेला समाजवादी क्रान्ति र रुपान्तरणको युगमा प्रवेश गरेको छ । समाजवादको यात्रालाई तीव्र र व्यापक पार्नु जरुरी छ ।”

पार्टीका महासचिव घनश्याम भुसालले सम्पूर्ण समस्या, विकार र विकृतिको एकमात्र समधान समाजवाद भएको उल्लेख गर्दै सम्पूर्ण युवा, आम क्रान्तिकारी जनतालाई गोलबद्ध गरी समाजवादको सुन्दर भविष्यतिर आफ्ना प्रचार केन्द्रित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्