२९ जेठ २०८३, शुक्रबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

असार १४, २०८१
काठमाडौं
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ।

बैठक आगामी जेठ १९ गते बुधबार पार्टी कार्यालय चःमतिमा बस्ने महामन्त्री डा मुकुल  ढकालले जानकारी दिए।

महामन्त्री ढकालले बुधबार पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पार्टीको समग्र अवस्थाबारे एक प्रतिवेदन बुझाएका थिए। सोही प्रतिवेदनबारे बैठकमा छलफल हुने बताइएको छ । 

गत वैशाख १५ गतेको इलाम क्षेत्र नम्बर २ को उपचुनावमा रास्वपाले अनपेक्षित नतिजा ल्याएको भन्दै पार्टीले महामन्त्री ढकाललाई समीक्षा यात्रामा पठाएको थियो। ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्ला भ्रमण गरेका थिए।

समीक्षा यात्राका क्रममा पार्टीका नेता—कार्यकर्ता, शुभेच्छुकहरूले पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे राष्ट्रिय पार्टी बन्न पनि मुस्किल हुने बताएको र त्यही आधारमा आफूले प्रतिवेदन बुझाएको महामन्त्री ढकालले बताएका छन्।

salt training

कमेन्ट गर्नुहोस्