१२ साउन २०८३, मंगलबार

टी–२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने

असार १४, २०८१
काठमाडौं
टी–२० विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने

टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने निश्चित भएको छ । 

वेस्टइन्डिजको गयानामा गएराति भएको खेलमा भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १०३ रन बनायो ।

यससँगै इङ्ल्याण्ड सेमिफाइनलबाटै घर फर्किन बाध्य भयो । भारत भने १० वर्षपछि फाइनलमा पुगेको हो ।
यस्तै दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

भारत र दक्षिण अफ्रिकाबीचको उपाधि भिडन्त शनिबार हुनेछ ।

कमेन्ट गर्नुहोस्