२३ जेठ २०८३, शनिबार

काठमाडौंको रामकोटस्थित कलभर्टबाट कार खस्यो, एक जनाको मृत्यु

असार १४, २०८१
काठमाडौं
काठमाडौंको रामकोटस्थित कलभर्टबाट कार खस्यो, एक जनाको मृत्यु

काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

नागार्जुन नगरपालिका-६ रामकोट​स्थित छमछमे खोलाको कलभर्टमा बाप्र ०२७ च ०४९१ नम्बरको कार  खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नाल छन् ।  

राति नै कार खसेको भए पनि बिहान साढे ५ बजेमात्र घटनास्थलबाट दर्नालको उद्धार भएको थियो ।

उनलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएको थियो । तर, बिहान पौने ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्