×

इरानमा राष्ट्रपतीय निर्वाचनः मतदान जारी

काठमाडाैं | असार १४, २०८१

तेहरान–इरानमा गत महिना हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा नयाँ नेतृत्व चयनका लागि शुक्रबार बिहानैदेखि मतदान जारी छ ।

स्थानीय समयअनुसार बिहान ८ बजे देशभरका ५८ हजार ६४० मतदान केन्द्रमा मतदान शुरू भएको हो ।


Advertisment

मतदान केन्द्रहरू १० घण्टाका लागि खुला रहनेछन्, यद्यपि अधिकारीहरूले विगतका चुनावहरूमा जस्तै मतदाताको चाप हेरेर मतदानको समय बढाउन सक्नेछन् ।


Advertisment

शनिबार बिहानसम्ममा प्रारम्भिक र आइतबारसम्ममा औपचारिक नतिजा आउने अनुमान गरिएको छ ।

मतदानमा करिब छ करोड १० लाख इरानी नागरिक मतदानका लागि योग्य रहेका छन् । 

सुधारवादी नेता ६९ वर्षीय मसूद पेजेशकियान विभाजित कन्जरभेटिभ खेमाविरूद्ध सशक्त देखिएका छन् । उम्मेदवारहरूको जाँच गर्ने गार्जियन काउन्सिलले उनलाई सभामुख मोहम्मद बघेर गालिबाफ र पूर्वआणविक वार्ताकार सइद जलिलीको प्रभुत्व रहेको कन्जरभेटिभको क्षेत्रविरुद्ध लड्न अनुमति दिएको थियो ।

तेहरानका मेजर अलिरेजा जकानी र रईसीका पूर्वउपराष्ट्रपति अमिर होसेन गाजिजादेह हाशेमीले पनि कट्टरपन्थी संगठनबाट राजीनामा दिएपछि धर्मगुरु मुस्तफा पोरमोहम्मदी पनि विवादमा तानिएका छन् ।

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले मतदान शुरू भएलगत्तै मतदान गरेका थिए । ‘निर्वाचनको दिन हामी इरानीका लागि हर्ष र खुशीको दिन हो,’ उनले टेलिभिजनमा सम्बोधन गर्दै भने, ‘हामी हाम्रा प्रियजनहरूलाई मतदानको मुद्दालाई गम्भीरतापूर्वक लिन र भाग लिन प्रोत्साहित गर्दछौं ।’

प्रतिबन्धको चपेटामा परेको इरानमा इस्लामिक गणतन्त्र र यसका कट्टर प्रतिद्वन्द्वी इजरायल र संयुक्त राज्य अमेरिकाबीच गाजा युद्ध जारी रहँदा उच्च क्षेत्रीय तनाव भइरहेका बेला निर्वाचन हुन लागेको हो ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गरेनन् भने जुलाई ५ मा दोस्रो चरणको मतदान हुनेछ । सन् २००५ को मतदानपछि इरानी चुनावी इतिहासमा दोस्रो पटक मतदान भएको छैन । 

केही समय अघिसम्म सापेक्षिक रूपमा अनिश्चित रहेको पेजेस्कियानको उम्मेदवारीले रुढिवादी र अतिरुढिवादी खेमाहरूको वर्षौंको प्रभुत्वपछि इरानको सुधारवादी पक्षका लागि आशाहरू पुनर्जीवित गरेको छ ।

इरानका अन्तिम सुधारवादी राष्ट्रपति मोहम्मद खातामीले उनलाई ‘इमानदार, निष्पक्ष र मायालु’ व्यक्तिका रूपमा प्रशंसा गरेका छन् ।

सन् १९९७ देखि २००५ सम्म काम गरेका खातामीले उदारवादी हसन रौहानीलाई पनि समर्थन गरेका थिए । उनको समर्थनका कारण रौहानीले राष्ट्रपतिको निर्वाचनमा विजय हाँसिल गरेका थिए । रौहानीलाई सन् २०१५ मा शक्तिराष्ट्रसँग भएको इरानको आणविक सम्झौतामा हस्ताक्षर गरेका थिए ।

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x