३० जेठ २०८३, शनिबार

यी ६ अपराध गर्नेलाई अब बाँचुन्जेल जेल

कात्तिक २०, २०७४
यी ६ अपराध गर्नेलाई अब बाँचुन्जेल  जेल
काठमाडौँ, ६ कात्तिक -मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बनेको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन हुँदै आए पनि पूर्ण रूपमा प्रतिस्थापन भएको थिएन । मुलुकी ऐन प्रतिस्थापनसम्बन्धी संसद्ले पारित गरेको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि कानुन बनेको हो । आगामी १ भदौदेखि मात्र कार्यान्वयनमा आउने मुलुकी ऐनअन्तर्गत फौजदारी कसुरसम्बन्धी कानुनमा हत्या, अपहरण, बहुविवाह, गर्भपतनलगायतबारे सजायको व्यवस्था छ ।

नयाँ मुलुकी ऐन कार्यान्वयन भएपछि जन्मकैदको सजाय पाउनेले २५ वर्ष जेल बस्नुपर्ने भएको छ । यसअघि जन्मकैदको गणना गर्दा २० वर्ष मानिँदै आइएकोमा नयाँ ऐनमा पाँच वर्ष थपिएको छ, नयाँ पत्रिकामा खबर छ ।arrest

बाँचुन्जेल जेल बस्नुपर्ने अपराध

– क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको

– अपहरण गरी वा वायुयान अपहरण गरी वा विस्फोट गरी ज्यान मारेको

– अपहरण गरी वा शरीर बन्धक लिई ज्यान मारेको

– सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको

– कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने गरी जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेको

– जबर्जस्ती करणी गरी ज्यान मारेको

salt training

कमेन्ट गर्नुहोस्