०२ साउन २०८३, शनिबार

रुपन्देहीको आवास इण्डष्ट्रिजले प्राप्त गर्‍यो नवप्रवर्तनकारी उद्यमी पुरस्कार

असार १४, २०८१
बुटवल
रुपन्देहीको आवास इण्डष्ट्रिजले प्राप्त गर्‍यो नवप्रवर्तनकारी उद्यमी पुरस्कार

रुपन्देहीको आवास इण्डष्ट्रिज प्रालिले यस वर्षको नवप्रवर्तनकारी उद्यमी पुरस्कार प्राप्त गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगका सञ्चालक यज्ञश्वरप्रसाद थैवलाई २ लाख नगद राशीसहित पुरस्कार प्रदान गरेका हुन् ।

नवीन सोच र प्रविधिको प्रयोग गर्दै नवप्रवर्तनका माध्यमबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मन्त्रालयले उक्त पुरस्कार प्रदान गरेको हो ।

आवास इण्डष्ट्रिज रुपन्देहीको देवदहमा सञ्चालित छ ।

null

देवदहमा आवास इण्डष्ट्रिज सञ्चालन गरेका निर्माण काठमाडौं गएपछि देवदहको उद्योग यज्ञश्वरकी छोरी याचना थैवले सम्हाल्दै आएकी छन् ।

उनी व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेकी छन् ।

विक्रम संवत् २०७६ मा कोरोना महामारी फैलिरहेका बेला आवास ग्रुपले देवदहको भलुहीमा कुर्सी उद्योग स्थापना गरेको थियो ।

हरेक वर्ष चीनबाट अरबौंका कुर्सी-टेबललगायतका फर्निचर सामग्रीहरू नेपाल आयात भइरहेका बेला कम्पनीका दोस्रो पुस्ता निर्माण थैवले चिनियाँ कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न आवास इण्डष्ट्रिज स्थापना गरेका थिए ।

उद्योग स्थापनाको पाँच वर्षको अवधिमै नेपालभर ब्रान्ड स्थापित गरेका थैवले पछिल्लो चार महिनादेखि काठमाडौंको नैकापमा पनि आवास इण्डष्ट्रिज प्रालिको शाखा सञ्चालनमा ल्याएका छन् ।

स्कूल, क्याम्पस, होटल, पार्टी प्यालेसलगायतका क्षेत्रबाट ठूलो परिमाणमा कुर्सी-टेबल, झुलालगायतका सामग्रीहरूको माग आएपछि काठमाडौंबाटै उत्पादन शुरू गरेको निर्माणले बताए ।

आवास इण्डष्ट्रिजले रुपन्देही र काठमाडौंमा गरी दैनिक १ हजार बढी कुर्सी तथा अफिस सामग्री उत्पादन गरी बजार पठाउने गरेको यज्ञश्वरले जानकारी दिए ।

आवास इण्डष्ट्रिजले रुपन्देही र काठमाडौंमा गरी २५० भन्दा बढीलाई रोजगारी दिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्