काठमाडौँ, ६ कत्तिक- एक युवतीको विवादमा आइतबार काठमाडौंमा गोली प्रहार भएको छ । डान्सबारमा कार्यरत युवतीको विषयमा दुई समूहबीच विवाद हुँदा प्रहार भएको गोली लागेर एक युवक घाइते भएका छन् । प्रहरीले डान्सर युवतीदेखि गोली हान्नेसम्मलाई पक्राउ गरेको छ ।

स्वयम्भू बस्ने असुन गुरुङले गोरखाका कल्याण गुरुङलाई गोली हानेका हुन् । ठमेलको हुक्का बारमा डान्सरका रूपमा काम गर्ने सबिना क्षेत्रीको विषयमा भएको विवादमा असुनले कल्याणलाई गोली प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी रवीन्द्र धानुकले बताए । असुन र सबिना दुवैलाई प्रहरीले पक्राउ गरेको छ, नयाँ पत्रिकामा खबर छ ।