२२ जेठ २०८३, शुक्रबार

कोपा अमेरिका : कोस्टारिकालाई हराउँदै कोलम्बिया क्वाटर फाइनलमा

असार १५, २०८१
काठमाडौं
कोपा अमेरिका : कोस्टारिकालाई हराउँदै कोलम्बिया क्वाटर फाइनलमा

कोस्टा रिकालाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा कोस्टा रिकालाई ३–० ले पराजित गर्दै कोलम्बिया एक खेलअगावै अन्तिम आठमा पुगेको हो । 

कोलम्बियालाई सहजै जिताउन लुइस डियाज, डाभिन्सन सान्चेज र जोन कोर्डोवाले गोल गरे ।

खेलको ३१औ मिनेटमा लुइस डियाजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । 

५९औं मिनेटमा डाभिन्सनले गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि कोर्डोवाले सानदार गोल गर्दै कोलम्बियाको सहज जीत पक्का गरे । 

जितसँगै समूह ‘डी’ मा कोलम्बियाको २ खेलबाट ६ अंक पुगेको छ । पराजित कोस्टारिकाको समान खेलबाटै १ अंक छ । 

salt training

कमेन्ट गर्नुहोस्