१४ असार २०८३, आइतबार

दाङमा तीन लाख बिरुवा तयार, निःशुल्क वितरण गरिने

असार १५, २०८१
दाङ
दाङमा तीन लाख बिरुवा तयार, निःशुल्क वितरण गरिने

डिभिजन वन कार्यालय दाङले तीन लाख बिरुवा तयार गरेको छ । तयार पारिएका बिरुवा निःशुल्क वितरण गरिने कार्यालयले जनाएको छ । 

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा शुक्रबारदेखि जिल्लामा बिरुवा रोप्ने कार्य थालिएको छ । ‘भाबी सन्तति र समृद्धिका लागि वृक्षरोपण गरौँ’ नाराका साथ डिभिजन वन कार्यालयले घोराही उपमहानगरपालिका–४ सुनपुरस्थित सुनपुर सामुदायिक वनको खाली क्षेत्रमा वृक्षरोपण कार्यको थालनी गरेको हो । 
    
सुनपुर सामुदायिक वनको खाली रहेको करिब एक हेक्टर वनमा ‘अर्जुन’ प्रजातिका एक सय बिरुवा रोपण गरी वृक्षरोपण थालिएको सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । यस वर्ष डिभिजन वन कार्यालय घोराहीअन्तर्गत पाँचवटा नर्सरीमा झण्डै तीन लाख बिरुवा उत्पादन गरिएको हो । 

जडीबुटी, वनजन्य र सौन्दर्यजन्य बिरुवा तयार गरिएको र असार अन्मित हप्तादेखि निःशुल्करूपमा वितरण गरिने वन अधिकृत श्रेष्ठले बताए । 

यस वर्ष राष्ट्रिय वन, सामुदायिक वन, निजी वन र उपभोक्तालाई आफ्नो खाली जग्गामा बिरुवा रोप्न आग्रह गरिएको उनको भनाइ छ । नदी उकास क्षेत्रमा समेत वृक्षरोपण गर्ने लक्ष्य छ ।

salt training

कमेन्ट गर्नुहोस्