२४ जेठ २०८३, आइतबार

गलकोटका वृद्ध दम्पती पहिरोमा पुरिए

असार १५, २०८१
बाग्लुङ
गलकोटका वृद्ध दम्पती पहिरोमा पुरिए

बाग्लुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती पहिरोमा पुरिएका छन् । 

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति घरसहित पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

उनका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । 

यसैबीच, पहिरोले मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।

कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ । 

salt training

कमेन्ट गर्नुहोस्