२१ असार २०८३, आइतबार

बाग्लुङ पहिरो : घर पुरिएर दम्पतीको मृत्यु, बुहारी र नाति घाइते [अपडेट]

असार १५, २०८१
बाग्लुङ
बाग्लुङ पहिरो : घर पुरिएर दम्पतीको मृत्यु, बुहारी र नाति घाइते [अपडेट]

बाग्लुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुईजना घाइते भएका छन् । 

गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । 

पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पुगेर उद्धारमा जुटेको छ । गएराति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्