१२ असार २०८३, शुक्रबार
प्राकृतिक विपत्ति

पहिरोमा पुरिएर गुल्मीमा एकै घरका पाँच जनाको मृत्यु [अपडेट]

असार १५, २०८१
बुटवल
पहिरोमा पुरिएर गुल्मीमा एकै घरका पाँच जनाको मृत्यु [अपडेट]

गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । 

शुक्रबार रातिको वर्षासँगै आएको पहिरोमा परेर अर्जे ठाँटीपोखरीका यमबहादुर विक भन्ने भेषबहादुर कामीको घर पुरिएको हो ।

पहिरोमा पुरिएका ५५ वर्षका भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए ।

पहिरोमा परेर बेपत्ता पाँच जनाको खोजीका लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए । 

बिहान प्रहरीले उनीहरूको शव निकालेको हो । यस क्षेत्रमा अहिले भीषण वर्षा भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्