
नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।
बालचन्द्र स्मृति सभा परिवार जनविचार पब्लिकेसनद्वारा आयोजित प्रा. घटराज भट्टराईद्वारा लिखित पुस्तक ‘बालचन्द्र शर्मा व्यक्तित्व र सम्भावना’ परिमार्जित संस्करण लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
देश निर्माण, अखण्डता र राष्ट्रिय स्वाभिमानका लागि निर्णायक शक्ति बन्नुपर्ने उनको भनाइ थियो ।
'हामी जुनसुकै राजनीतिक पक्षका व्यक्ति भए पनि राष्ट्र निर्माणमा हाम्रो एकमत हुनुपर्छ, देश निर्माणमा हाम्रो ध्यान जानुपर्छ,' उनले भने ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले बालचन्द्र शर्मा देशका लागि आवश्यक व्यक्ति भएको र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनको योगदान अतुलनीय रहेको बताए ।
'बालचन्द्र शर्मालाई वैदेशिक हस्तक्षेपको असहमति, राष्ट्रिय भावनाको समृद्धिको पक्षमा उभिने नेताका रुपमा मैले चिनेको छु,' उनले भने ।