२५ असार २०८३, बिहीबार

केन्याको सरकारविरोधी प्रदर्शनमा सिधै हानियो गोलीः कम्तीमा ३० जनाको मृत्यु

असार १५, २०८१
काठमाडौं
केन्याको सरकारविरोधी प्रदर्शनमा सिधै हानियो गोलीः कम्तीमा ३० जनाको मृत्यु

नैरेबी– केन्यामा पूर्वी अफ्रिकी देशमा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको विरोध प्रदर्शनमा कम्तीमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार बताएको छ ।

केन्याली सुरक्षा बलले सन् २०२४ जुन २५ मा प्रदर्शनकारीहरूको भीडमा सिधै गोली हानेका र यसमा भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

ह्युमन राइट्स वाचका सहयोगी अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा-खाेज्दै भीडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानूनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्