११ साउन २०८३, सोमबार

लद्दाखमा ट्याङ्क दुर्घटना, ५ सेनाको मृत्यु​

असार १५, २०८१
काठमाडौं
लद्दाखमा ट्याङ्क दुर्घटना, ५ सेनाको मृत्यु​

लद्दाखको दौलत बेग ओल्डी क्षेत्रमा सेनाको ट्याङ्क (लडाइमा प्रयोग हुने गाडी) दुर्घटना हुँदा ५ भारतीय सेनाको मृत्यु भएको छ ।

पाँचै जनाको शव घटनास्थलबाट निकाली आवश्यक परीक्षणका लागि पठाइएको छ ।

परीक्षणपछि शवलाई मृतकका आफन्तलाई बुझाइने सुरक्षा अधिकारीले बताएका छन् । 

सेनाले सञ्चालन गरेको टी–७२ ट्याङ्क नदी पार गर्ने अभ्यासका क्रममा दुर्घटनामा परेको थियो ।

पानीको सतह शुक्रबार साँझ अचानक बढेका कारण दुर्घटना भएको रक्षा अधिकारीले बताए ।

घटनाको समयमा ट्याङ्कमा एक जुनियर कमिश्नर अफिसर र चार जवान गरी पाँच सिपाहीहरू थिए ।

salt training

कमेन्ट गर्नुहोस्