
आईसीसी टी–२० क्रिकेट विश्वकपको उपाधिका लागि आज (शनिबार) भारत र दक्षिण अफ्रिका भिड्दै छन् । दुई देशबीचको फाइनल भिडन्त नेपाली समयअनुसार आज राति सवा ८ बजे बार्बाडोसमा शुरू हुनेछ ।
दक्षिण अफ्रिका पहिलोपटक फाइनल पुगेको हो । उ आज भारतलाई हराएर पहिलो उपाधि जित्दै इतिहास रच्ने सुरमा हुनेछ ।
यता भारतले तेस्रोपटक उपाधि भिडन्त गर्न लागेको हो ।
भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई हराएर फाइनलमा स्थान पक्का गरेका हुन् ।
भारतले सन् २०१३ पछि आईसीसी ट्रफी जित्न सकेको छैन । २००७ मा भारतले टी–२० विश्वकपको उपाधि जितेको थियो । यसर्थ उ आज टी–२० विश्वकपको दोस्रो उपाधि जित्ने दाउमा हुनेछ ।
दक्षिण अफ्रिका हालसम्म फाइनल पुग्न सकेको थिएन । टेस्ट, एकदिवसीय र टी–२० विश्वकपमा दक्षिण अफ्रिका उपाधि नजिक पुगेको यो पहिलोपटक हो ।