०८ साउन २०८३, शुक्रबार

तमिलनाडुको एक पटाका कारखानामा विष्फोटः चार जनाको मृत्यु

असार १५, २०८१
काठमाडौं
तमिलनाडुको एक पटाका कारखानामा विष्फोटः चार जनाको मृत्यु

नयाँ दिल्ली–भारतको दक्षिणी राज्य तमिलनाडुको एउटा पटाका कारखानामा शनिबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएकाे अधिकारीले बताएका छन् । 

विस्फोट तमिलनाडुको राजधानी चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको थियो ।

प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो ।

घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।

कारखानामा १५ वटा कोठा रहेको अधिकारीहरूले बताएका छन् । यसमध्ये कम्तीमा तीनवटा आगोले पूर्णरूपमा जलेर नष्ट भएका छन् ।

प्रहरीले विस्फोटको अनुसन्धान शुरू गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्