२४ असार २०८३, बुधबार

कृषि क्षेत्रको विकासबिना मुलुकको समृद्धि असम्भवः मन्त्री गिरी

असार १५, २०८१
पर्वत
कृषि क्षेत्रको विकासबिना मुलुकको समृद्धि असम्भवः मन्त्री गिरी

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले कृषि क्षेत्रको विकासबिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल किसान महासङ्घ पर्वतको आयोजनामा जलजला गाउँपालिका वडा नं ८ नाङलीवाङको फर्सेमा रोपाइँ मेलामा सम्बोधन गर्दै मन्त्री गिरीले नेपाल कृषि प्रधान देश भए पनि विदेशबाट अन्नपात आयात गरेर उपभोग गर्नुपर्ने अवस्था रहेको बताए । 

उत्पादनमा जोड दिएर कृषि प्रधान देशलाई व्यवहारमा परिणत गर्नुपर्ने उनको भनाइ थियो । कृषि उपजमा आत्मनिर्भर बनाउनका लागि सोहीअनुसारका नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए । 

कृषि सम्मानित र आत्मसम्मानको पेसा भएको बताउँदै मन्त्री गिरीले किसानका समस्यालाई पहिचान गरी राज्यले समाधानको प्रयास गर्ने प्रतिबद्धता जनाए । 

salt training

कमेन्ट गर्नुहोस्