०९ साउन २०८३, शनिबार

बुमराह बने टी–२० विश्वकप २०२४ का सर्वोत्कृष्ट खेलाडी

असार १६, २०८१
काठमाडौं
बुमराह बने टी–२० विश्वकप २०२४ का सर्वोत्कृष्ट खेलाडी

विजेता टोली भारतका तीव्र गतिका बलर जसप्रित बुमराह आईसीसी टी–२० विश्वकप २०२४ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । सबै खेल जित्दै भारत विजेता हुँदा बुमराहले प्रतियोगिताभर निर्णायक प्रदर्शन गरेका थिए । यस क्रममा उनले १५ विकेट लिए ।

बुमराहले प्रतियोगिताभर ८ खेलमा ४.१७ को इकोनमीमा बलिङ गरे । उनले आयरल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्डसँग २–२ विकेट लिएका थिए । 

यस्तै उनले अफगानिस्तान र पाकिस्तानसँग ३–३ तथा अस्ट्रेलियासँग १ विकेट हात पारे । 

शनिवार राति बार्बाडोसमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । 

फाइनलमा बुमराहले ४ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण २ विकेट लिएका थिए ।

यसअघि भारतले सन् २००७ मा पाकिस्तानलाई हराउँदै टी–२० विश्वकपको पहिलो उपाधि जितेको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्