×

शुक्लाफाँटामा अपाङ्गता भएका ६०० भन्दा बढीलाई परिचयपत्र

काठमाडाैं | असार १६, २०८१

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका ६०३ जनालाई परिचयपत्र प्रदान गरेको छ ।

नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशीका अनुसार ‘क’ वर्गका एक सय १८, ‘ख’ वर्गका २८७, ‘ग’ वर्गका १४७, ‘घ’ वर्गका ५१ जनालाई अपाङ्गताको परिचयपत्र प्रदान गरिएको हो । दुई जना ज्येष्ठ नागरिक महिला र चार पुरुषलाई उनीहरूका घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो । 


Advertisment

पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको रातो रङमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई ‘ख’ वर्गको निलो रङमा सुनौला आरक्षले स्पष्ट पहिचान हुने, मध्यम अपाङ्ता भएकालाई ‘ग’ वर्गको पहेँलो रङमा निलो अक्षरले स्पष्ट पहिचान हुने र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको सेतो रङमा कालो अक्षरले स्पष्ट पहिचान हुने परिचयपत्र वितरण हुने गरेको छ ।


Advertisment

 नगरपालिकाकै स्वास्थ्य संस्थामा चिकित्सकको व्यवस्था भएकाले विगतको जस्तो मेडिकल ‘रिपोर्ट’ बनाउनका लागि महेन्द्रनगर, धनगढीलगायत अस्पतालमा अपाङ्गता भएका व्यक्तिहरूले पुग्नुपर्ने झन्झट नरहेको नगर उपप्रमुख कल्पना पन्तले बताइन् ।

पूर्णअशक्त अपाङ्गता भएका र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने घरमै पुगेर परिचयपत्र वितरण गर्दै आएको उनले जानकारी दिइन् । रातो र निलो रङका परिचयपत्रबाहक अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम उपलब्ध गराइँदै आएको छ ।  पहेँलो र सेतो रङका परिचयपत्रवाहक अपाङ्गतालाई नगरपालिकाले विभिन्न सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममा समेट्दै आएको छ । –रासस–

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x