
काठमाडौं, ६ कार्त्तिक - जाजरकोटमा नेकपा (माओवादी केन्द्र ) र नेकपा एमालेबीच भएको सहमति तोडिएको छ । एमाले र माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवारी दिएपछि सहमति तोडिएको हो ।
नेकपा (माओवादी केन्द्र)ले प्रदेश सभाका लागि जाजरकोट क्षेत्र नं. १ बट टिकट पा गणेशप्रसाद सिंहले उम्मेदवार दर्ता गराएपछि एमालेको तर्फबाट प्रदेश सभाकै लागि क्षेत्र १ मा निरज आचार्यले बागी उम्मेदवारी दिएपछि वाम गठवन्धन तोडिएको हो । क्षेत्र नं. १ मा तोडिएसँगै क्षेत्र नं २ मा पनि प्रदेश सभामा एमालेका उम्मेदवार करवीर शाहीको विरुद्धमा माओवादीका नरवहादुर कार्कीले बागी मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै केन्द्रको सहमतिमा प्रतिनिधि सभामा शक्तिबहादुर बस्नेतको उम्मेदारी विरुद्ध एमालेका गोविन्दविक्रम शाहले बागी उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फवाट प्रदेश सभा क्षेत्र नं १ मा वेदराज सिंह र २ मा दिपकजंग शाह र प्रदेश सभाका लागि राजिव विक्रम शाहको उम्मेदवारी दर्ता भएको छ ।