१६ असार २०८३, मंगलबार

थमन विक हत्या प्रकरण : फरार प्रतिवादी यादव पक्राउ

असार १६, २०८१
काठमाडौं
थमन विक हत्या प्रकरण : फरार प्रतिवादी यादव पक्राउ

सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमनकुमार विक हत्या आरोपमा फरार रहेका कौसलकुमार यादव पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले नियन्त्रणमा लिएको हो ।

महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी सन्तुलालप्रसाद जैसवालका अनुसार यादवविरुद्ध २०७५ साउन २८ गते अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।​

त्यसै बेलादेखि उनी फरार थिए । विक हत्या प्रकरणमा एमालेका सांसद लक्ष्मीप्रसाद कोइरीलगायत २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

तर कोइरीले भने सफाइ पाइसकेका छन् ।

मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी पुगेका असई विकमाथि आन्दोलनकारीहरूले आक्रमण गरेका थिए ।

घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुर पठाइएको थियो । 

तर महोत्तरीको साबिक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्