
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीप्रति देशभरका जनतामा विश्वास बढेको बताएका छन् ।
कीकृत समाजवादी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको उनको भनाइ थियो ।
दशौं राष्ट्रिय महाधिवेशनलाई आज सम्बोधन गर्दै उनले अहिले पनि लोकतन्त्र खतरामा रहेको बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले जनताको अधिकार स्थापित गर्न आत्मविश्वासका साथ पार्टीलाई जनतामा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस पार्टीले लोकतन्त्रको रक्षा तथा मुलुकको राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।
उनले पार्टीमा रहेका अनुभवी नेताहरूले आगामी दिनमा राष्ट्रिय राजनीतिमा सही दिशानिर्देश गर्नुपर्नेमा जोड दिए ।