१९ असार २०८३, शुक्रबार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अध्यक्षमा​ रसाइली निर्वाचित

असार १६, २०८१
काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अध्यक्षमा​ रसाइली निर्वाचित

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् ।

काठमाडौंमा आज सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उनी निर्वाचित बनेका हुन् ।​

रसाइलीले २ सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले १ सय ८४ मत प्राप्त गरेका थिए ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरूमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भएका छन् ।

यस्तै, महासचिवमा किरणभाइ बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवमा टुलकप्रसाद विश्वकर्मा र निर्मल दियाली, सहकोषाध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन् ।

महाधिवेशनमा ४ सय ४६ प्रतिनिधि रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्