१९ असार २०८३, शुक्रबार

सरकारको सचिवबाट अवकाश पाएका सुरेश अधिकारीलाई संसद्को सचिव नियुक्त गर्न सिफारिश

असार १७, २०८१
काठमाडौं
सरकारको सचिवबाट अवकाश पाएका सुरेश अधिकारीलाई संसद्को सचिव नियुक्त गर्न सिफारिश

सभामुखले देवराज घिमिरेले पूर्वसचिव सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिव पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन् ।

नेपालको संविधानको धारा १०६ अनुसार अधिकारीलाई प्रतिनिधि सभाको सचिव बनाउन सोमबार राष्ट्रपतिलाई सिफारिश गरिएको हो ।

अधिकारीले भर्खरै मात्र शिक्षा मन्त्रालयको सचिवबाट अवकाश पाएका थिए ।​

​पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि प्रतिनिधि सभाको सचिव पद रिक्त थियो ।

salt training

कमेन्ट गर्नुहोस्