२८ जेठ २०८३, बिहीबार

अमेरिकामा ‘बीपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण

असार १७, २०८१
काठमाडौं
अमेरिकामा ‘बीपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ लोकार्पण

अमेरिकामा बस्दै आएका सुवास घिमिरेले लेखेको पुस्तक ‘बीपी कोइरालाज स्टेटमेन्ट ईन कोर्ट’ को लोकार्पण गरिएको छ । 

लोकार्पण तथा पुस्तकमाथिको चर्चा कार्यक्रममा सहभागी वक्ताले ४७ वर्ष अगाडि नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले अदालतमा व्यक्त गरेको मानव अधिकार, प्रजातन्त्र र नागरिक अधिकारका विषयमा छलफल गरेका छन् ।

अमेरिकामा रहेका नेपालीले बीपीको सङ्घर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्रका कारण विदेशी भूमिमा समेत नेपालीले अवसर पाएका टिप्पणी गरेका हुन् ।

डा. श्याम कार्कीले पुस्तकले नेपाल र नेपालका अग्रजहरूले गरेको त्याग समर्पणलाई समेटेको उल्लेख गरे ।

'त्यो बेलाको कङ्गारु कोर्टमा उपस्थित भएर बीपी कोइरालाले नागरिकको आवाज बुलन्द पार्नुभएको थियो,' उनले भने, 'यस्तो महत्त्वपूर्ण दस्तावेजले अमेरिकी समाजमा नेपालको बारेमा थप जानकारी पस्किने अवसर प्रदान गरेको छ ।'

पत्रकार मधुकर अधिकारीले आधा शताब्दी अगाडि बीपी कोइरालाले अदालतमा व्यक्त गरेको विषय नागरिकको मौलिक हक, अधिकार र प्रजातन्त्रका लागि महत्त्वपूर्ण दस्तावेज भएको बताए ।

कार्यक्रममा पुस्तकका लेखक घिमिरेले विदेशमा बस्ने दोस्रो पुस्ताका युवालाई लक्षित गरेर बीपीले अदालतमा व्यक्त गरेको विषयलाई अनुवाद गरी पुस्तकका रुपमा तयार पारिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्