०१ असार २०८३, सोमबार

१३ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा १ जना पक्राउ

असार १७, २०८१
खोटाङ
१३ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गरेको आरोपमा १ जना पक्राउ

खोटाङमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका- ११ राजापानीका ५८ वर्षीय शम्भुप्रसाद घिमिरे छन् । उनलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शम्भुले ती बालिकालाई गत जेठ ५ गतेदेखि पटक-पटक करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी चिसापानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्