२४ असार २०८३, बुधबार

बीआरआइलाई ऋणको रूपमा स्वीकार्न सकिँदैन : कांग्रेस

असार १७, २०८१
काठमाडौं
बीआरआइलाई ऋणको रूपमा स्वीकार्न सकिँदैन : कांग्रेस

नेपाली कांग्रेसले चीनको बीआरआईलाई ऋणको रूपमा स्वीकार गर्न नसकिने निर्णय गरेको छ ।

कांग्रेसको पदाधिकारीको बैठकले औपचारिक निर्णय गर्दै चीनले अगाडि सारेको बीआरआई परियोजनालाई ऋणको रूपमा स्वीकार्न नसकिने निर्णय गरेको हो । ​

पार्टीका पूर्वपदाधिकारीबीच बीआरआइ र चीनका उपप्रधानमन्त्री नेपाल आएको विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘हाम्रो ऋणको बोझ धेरै भइसक्यो । धेरै ठूलो ऋणको आकार बढाउन हुँदैन,’ महतले भने, ‘अनुदान  र सहयोग लिने गरेर मात्रै बीआरआइलाई अगाडि बढाउनुपर्छ । तर ऋण लिन सक्ने अवस्था छैन ।’ 

अनुदान सहयोग नै उपयोग नभएकोले ऋण लिन नहुने कांग्रेसको निष्कर्ष रहेको उनले बताए । ​

बीआरआइ चीनले सन् २०१३ मा ‘वान बेल्ट वान रोड’ अन्तर्गतको परियोजना हो । 

यो परियोजना अन्तर्गत अनुदान, सहुलियतपूर्ण ऋण लगानीका विषयमा नेपालको सरकार र दलबीच समान मत छैन ।

salt training

कमेन्ट गर्नुहोस्