१५ असार २०८३, सोमबार

सिरहामा करेन्ट लागेर १ जनाको मृत्यु

असार १७, २०८१
सप्तरी
सिरहामा करेन्ट लागेर १ जनाको मृत्यु

सिरहामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लहान नगरपालिका- २० हरिनगरा बस्ने ५२ वर्षीया राधापतिदेवी सुडी रहेकी प्रहरीले जनाएको छ । उनको सोमबार बिहान मृत्यु भएको हो ।

आफ्नै घरको कलमा जडान भएको विद्युतीय मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान पुर्‍याइएको थियो । ​

त्यसपछि थप उपचारका लागि जेनिस अस्पताल सप्तरी पुर्‍याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्