३० असार २०८३, मंगलबार

फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैन १ लाख रुपैयाँ घुससहित पक्राउ

असार १७, २०८१
काठमाडौं
फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैन १ लाख रुपैयाँ घुससहित पक्राउ

ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो. अख्तर हुसैन १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको आयोगका  प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

आयोगको टोलीले ​हुसैनलाई सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ न्युरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्