२१ जेठ २०८३, बिहीबार
राजनीतिक समीकरण हेरफेर

एमालेका मन्त्रीहरूले राजीनामा दिँदै, प्रचण्डले मार्गप्रशस्त गर्ने विश्वास

असार १८, २०८१
काठमाडौं
एमालेका मन्त्रीहरूले राजीनामा दिँदै, प्रचण्डले मार्गप्रशस्त गर्ने विश्वास

नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन् । कांग्रेस-एमालेबीच सत्ता सहकार्य गर्ने सहमतिपछि आज उनीहरूले राजीनामा दिने तयारी गरेका हुन् । 

उनीहरूले राजीनामा बुझाउने तयारी गरिरहेको एमालेकै एक मन्त्रीले जानकारी दिए । एमालेबाट सरकारमा आठ मन्त्री छन् । 

संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गएराति नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको थियो । 

संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धतासहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार राति सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

सहमतिसँगै प्रचण्ड सरकार ढल्ने निश्चित भएको छ । एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री प्रचण्डले मार्गप्रशस्त गर्ने कांग्रेस-एमालेको विश्वास छ । 

संसद्‌मा तेस्रो दलका रूपमा रहेको माओवादीका जम्मा ३२ सिट भए पनि दुई ठूला दललाई प्रयोग गरेर प्रचण्डले सत्ता टिकाइरहेका थिए । सरकार टिकाउन उनले समीकरण फेरेको फेर्‍यै गरिरहेका थिए । डेढ वर्षको कार्यकालमा उनले चारपटक त विश्वासको मत नै लिए । 

२०७९ पुन १० मा तत्कालीन समीकरण फेरेरै उनी प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनले एकपटक कांग्रेस र फेरि एकपटक एमालेसँगै सहकार्य गरेर सत्ता टिकाइरहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्