२८ जेठ २०८३, बिहीबार
नयाँ सत्ता समीकरण

कांग्रेसले भन्यो- राष्ट्रिय आवश्यकताले एमालेसँग सहकार्य, स्थायित्वका लागि सहमतिको सरकार

असार १८, २०८१
काठमाडौं
कांग्रेसले भन्यो- राष्ट्रिय आवश्यकताले एमालेसँग सहकार्य, स्थायित्वका लागि सहमतिको सरकार
फाइल तस्वीर

नेपाली कांग्रेसले राष्ट्रिय आवश्यकताले नै एमालेसँग सत्ता समीकरण बनाउने निर्णय भएको स्पष्ट पारेको छ ।

नेकपा एमालेसँग सत्ता समीकरण बनाउने सहमतिपछि मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले लोकतन्त्र र संविधानलाई अस्थिरतामा लाने प्रयत्न भएपछि दुई दल मिलेर सरकार बनाउनुपर्ने स्थिति आएको बताएको हो ।

सत्तामा जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर दुई दलबीच समझदारी भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘कांग्रेस र एमाले एक ठाउँमा आउने राष्ट्रिय आवश्यकता देखियो । सत्तामा जानुपर्छ भन्ने मान्यताभन्दा माथि उठेर यो समझदारी भएको छ । दुई दलको नेतृत्वमा समग्रमा वृहत्तर राष्ट्रिय सहमतिको सरकार बनाउनतर्फ केन्द्रित हुन्छौं’ महतले भने, ‘दुई दल एक ठाउँमा नआएसम्म लोकतन्त्र र संविधानमाथि देखिएको अस्थिरता अन्त्य नहुने भयो । प्रधानमन्त्रीमा कांग्रेस र एमालेको आलोपालो गर्ने समझदारी छ । बाँकी कुरा मिलाउँदै जान्छौं ।’ 

जनता चिन्तित हुँदा पनि दुई ठूला दल मिल्नुपर्ने स्थिति आएको महतले बताए । ‘आम जनता चिन्तित छन् । राजनीतिक स्थायित्व दिनुपर्नेछ । आर्थिक स्थिति सुधार्नुपर्नेछ यसैको लागि हामी मिलेका हौं’ महतले भने ।

लामो समयको गृहकार्यपछि गएराति एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्