२९ जेठ २०८३, शुक्रबार

सत्ता समीकरण फेरिने भएपछि सानेपा पुगेर प्रचण्डले गरे कोइरालाको प्रशंसा

असार १८, २०८१
काठमाडौं
सत्ता समीकरण फेरिने भएपछि सानेपा पुगेर प्रचण्डले गरे कोइरालाको प्रशंसा

कांग्रेस र एमालेबीच सत्ता समीकरणमा सहमति जुटे लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेस मुख्यालय सानेपा पुगेका छन् ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा कांग्रेस केन्द्रीय कार्यालयमा भएको फोटो प्रदर्शनीको अवलोकनको लागि प्रचण्ड सानेपा पुगेका हुन् । 

प्रदर्शनी अवलोकन गरेपछि प्रचण्डले कुनै राजनीतिक वक्तव्य दिएनन् । बरु शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाको अतुलनीय भूमिका रहेको भन्दै प्रशंसा गरे । 

null

‘गिरिजाप्रसाद कोइरालासँग ५६/५७ सालमा पहिलो कुराकानी भएको प्रसंग सुनाउनुभयो । शान्ति प्रक्रियामा नजिकबाट काम गरेको पनि बताउनुभयो । गिरिजाबाबु नभएको भए को कहाँ पुग्ने थिएन पनि टुंगो नभएको भन्दै उहाँले गिरिजाबाबुको प्रशंसा गर्नुभयो । तर राजनीतिक वक्तव्य दिनुभएन,’ प्रदर्शनी स्थलमा रहेका कांग्रेस नेता दीपक गिरीले भने । 

गएराति मात्रै प्रचण्डलाई विस्थापित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बनाउने सहमति भएको छ । 

प्रचण्ड फर्किएपछि ओली फोटो प्रदर्शनी अवलोकन गर्न पुगेका थिए ।

उनले ‘प्रचण्ड फर्किनुसक्नु भयो ?’ भनेर सामान्य प्रश्न मात्रै गरे ।

null

null

salt training

कमेन्ट गर्नुहोस्