२५ जेठ २०८३, सोमबार

केन्यामा सरकारविरोधी प्रदर्शनः ३९ जनाको मृत्यु, ३६१ घाइते

असार १८, २०८१
काठमाडौं
केन्यामा सरकारविरोधी प्रदर्शनः ३९ जनाको मृत्यु, ३६१ घाइते
प्रदर्शनको फाइल तस्वीर ।

नैरेबी–कर वृद्धिसम्बन्धी नयाँ विधेयकको विरोधमा केन्यामा हालै भएको सरकारविरोधी प्रदर्शनमा कम्तीमा ३९ जनाको ज्यान गएको अल जजिराले जनाएको छ। 

केन्या राष्ट्रिय मानवअधिकार आयोग (केएनसीएचआर)ले सोमवार मृतकको सङ्ख्या सार्वजनिक गरेको हो । 

केएनसीएचआरले ‘देशव्यापी विरोध प्रदर्शनमा’ ३९ जनाको मृत्यु र ३६१ जना घाइते भएको जनाएको छ । यो तथ्याङ्कले जुन १८  देखि जुलाई १ सम्मको अवधिलाई समेटिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । 

गत हप्ता संसदले विवादास्पद कानून पारित गरेपछि अधिकांश युवा प्रदर्शनकारीहरूको नेतृत्वमा आयोजित शान्तिपूर्ण र्याली ​हिंसामा परिणत भएको थियो । 

राष्ट्रपति विलियम रुटोले आइतवार टेलिभिजन अन्तर्वार्तामा विरोध प्रदर्शनमा १९ जनाको मृत्यु भएको बताएका थिए । उनले उक्त घटनामा आफ्नो कुनै संलग्नता नभएको र मृत्युबारे अनुसन्धान गर्ने वाचा गरे ।

‘केएनसीएचआरले प्रदर्शनकारी, चिकित्सा कर्मी, वकिल, पत्रकारहरूको चर्च, चिकित्सा आपतकालीन केन्द्र र एम्बुलेन्सजस्ता सुरक्षित स्थानहरूमा गरिएको अनावश्यक हिंसा र बल प्रयोगको कडा निन्दा गर्दछ,’ आयोगले भनेको छ, ‘प्रदर्शनकारीहरूविरुद्ध अत्यधिक र असमान बल प्रयोग गरिएको थियो भन्ने हाम्रो धारणा छ ।’ 

आयोगले संसद् र अन्य सरकारी भवनमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको हिंसात्मक कार्यको पनि कडा निन्दा गरेको छ ।

राष्ट्रपति रुटोले कर वृद्धिसम्बन्धी विधेयकमा कानूनमा हस्ताक्षर नगर्ने घोषणा गरेतापनि मङ्गलवारदेखि कार्यकर्ताहरूले नयाँ विरोध प्रदर्शनको आह्वान गरेका छन् । 

प्रदर्शनकारीहरूले सामाजिक सञ्जालमार्फत राष्ट्रपति रुटोको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्