०३ असार २०८३, बुधबार

पोखरीमा डुबेर २ बालकको मृत्यु

असार १८, २०८१
सिरहा
पोखरीमा डुबेर २ बालकको मृत्यु

सिरहाको नरहा गाउँपालिका–३ खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनका भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मुक्तिनाथ सापकोटाले सोमबार दिउँसोदेखि हराएका बालक आज बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जानकारी दिए।

मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी सापकोटाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्