२८ असार २०८३, आइतबार

एनआईसी एशिया बैंकले ल्यायो कर्जामा छुटसम्बन्धी योजना

असार १८, २०८१
काठमाडौं
एनआईसी एशिया बैंकले ल्यायो कर्जामा छुटसम्बन्धी योजना

एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरूलाई प्रदान गरिने छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ ।

मुलुकको आर्थिक शिथिलताबाट परेको असरलाई न्यूनीकरण गर्न उक्त योजना ल्याइएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जानकारी दिए ।

उनका अनुसार २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिना भित्रमा चुक्ता भुक्तानी गरेमा जरिवाना तथा हर्जाना रकममा शतप्रतिशत छुट गरिने छ ।

यस्तै, साधारण बक्यौता ब्याज रकममा समेत छुट प्रदान गरिने बैंकले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्