२९ जेठ २०८३, शुक्रबार

देव विकास बैंकका शाखा प्रबन्धक बुढाथोकीविरुद्ध १८ करोड बढीको सम्पत्ति शुद्धीकरण मुद्दा

असार १८, २०८१
काठमाडौं
देव विकास बैंकका शाखा प्रबन्धक बुढाथोकीविरुद्ध १८ करोड बढीको सम्पत्ति शुद्धीकरण मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देव विकास बैंकका तत्कालीन प्रबन्धक समीर बुढाथोकीविरुद्ध १८ करोड ३ लाख ७२ हजार रुपैयाँको मुद्दा दायर गरेको छ ।

विभागले सोमबार जिल्ला सरकारी वकिल कार्यालय दाङमार्फत उच्च अदालत तुलसीपुरमा अभियोग पत्र दायर गरेको हो ।​

बुढाथोकीले साबिक वेष्टर्न डेभलपमेन्ट बैंकको कोषमा रहेको रकम अपचलन गरेको पाइएको विभागले जनाएको छ ।

यस्तै, उनले रकम अपचलन गर्ने मनसायले बैंकका अन्य कर्मचारीको युजर आईडीसमेत प्रयोग गरेको पाइएको छ ।

उक्त प्रकरणमा उनीमाथि बैंकिङ कसुर मुद्दामा ७ वर्षको कैद सजाय समेत भइसकेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​​

बुढाथोकीले ३६ वटा कृत्रिम कर्जा खाता खोली उक्त खाताबाट आफैंले सम्पूर्ण कर्जा रकम रकमान्तर गर्ने गरेका थिए ।

गैरकानूनी स्रोत लुकाउने मनसायले कर्जा सीमा १७ करोड ९९ लाख ९० हजार रुपैयाँ कायम गरी उक्त रकमलाई आफैंले खोलेका विभिन्न खातामा ट्रान्सफर गरेका थिए ।

उक्त बैंकिङ कसुरबाट उनले बैंकको १८ करोड ३ लाख ७२ हजार रुपैयाँ अपचलन गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्