२४ असार २०८३, बुधबार

मणिपाललाई राजश्व छुट दिएको प्रकरणः पोखरा महानगरमा अख्तियारको छापा

असार १८, २०८१
पाेखरा
मणिपाललाई राजश्व छुट दिएको प्रकरणः पोखरा महानगरमा अख्तियारको छापा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाको कार्यालयमा छापा मारेको छ ।

मणिपाल शिक्षण अस्पताललाई राजश्व छुट दिएको विषयमा उजुरी परेपछि अख्तियारको टोलीले मंगलवार महानगरमा छापा हानेको हो । 

महानगरले मणिपाल अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजश्व छुट दिएकोबारे अख्तियारमा उजुरी परेको थियो । 

अख्तियारले सोही विषयमा छानबिन गर्न भन्दै महानगरको कार्यपालिका बैठक र राजश्व परामर्श समितिले गरेका निर्णयका कागजात नियन्त्रणमा लिएको छ ।

यो विषय बाहिर आएपछि महानगरका प्रमुख (मेयर) धनराज आचार्य आलोचित बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्