२१ जेठ २०८३, बिहीबार

दूरसञ्चार प्राधिकरणले भुक्तानी स्वीकृति नदिँदा टाटाले रोक्यो एनसेलको ब्यान्डविथ​​​

असार १८, २०८१
काठमाडौं
दूरसञ्चार प्राधिकरणले भुक्तानी स्वीकृति नदिँदा टाटाले रोक्यो एनसेलको ब्यान्डविथ​​​

टाटा कम्युनिकेसन्स इन्टरनेशनलले एनसेललाई दिँदै आएको ब्यान्डविथ कटौती गरेको छ । बक्यौता नतिरेको भन्दै यही असार ३ गतेबाट टाटाले ब्यान्डविथ दिन बन्द गरेको हो ।

स्रोतका अनुसार एनसेलले टाटालाई भुक्तानी गर्ने विदेशी मुद्रा स्वीकृति तथा सिफारिस नहुँदा ब्यान्डविथ बन्द भएको हो ।

टाटाले ब्यान्डविथ दिन रोकेको बारे एनसेलले गत हप्ता नै प्राधिकरणलाई जानकारी गराएको थियो । तर प्राधिकरणले भुक्तानीका लागि विदेशी मुद्रा स्वीकृति नगर्दा ब्यान्डविथ अवरुद्ध बनेको हो ।

ब्यान्डविथ बन्द भएसँगै कम्पनीको सेवा सञ्चालनमा समेत असर परेको एनसेलले जनाएको छ । प्राधिकरणले आफूलाई विगत ६ महिनाभन्दा बढी समयदेखि विदेशी मुद्रा स्वीकृति तथा सिफारिस रोकेको एनसेलको दाबी छ ।

टाटाले  पटक-पटक बक्यौता रकम दाखिला गर्न लिगल नोटिस पनि दिएको र बक्यौता दाखिला गर्न नसके कानूनी कारबाहीमा जाने चेतावनी दिँदै आएको थियो ।

एनसेलले सिंगापुर, भारत र चीनका विभिन्न ब्यान्डविथ आपूर्तिकर्ताहरूबाट इन्टरनेट सेवाका लागि ब्यान्डविथ लिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्