२९ जेठ २०८३, शुक्रबार

उपप्रधानमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

असार १८, २०८१
काठमाडौं
उपप्रधानमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

 सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिट निवेदनमाथिको सुनुवाइ आज नसकिएपछि हेर्दाहेर्दैमा राखेको छ ।
      
न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइ नसकिएपछि बुधबार सुनुवाइ हुने भएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए । 
   
यसअघि, न्यायाधीशद्वय डा मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त विवादमा सुनुवाइका लागि आवश्यक कास्की र नवलपुरबाट सहकारी ठगीसम्बन्धी फाइल झिकाउन आदेश दिएको थियो । सहकारीको रकम अपचलनमा संलग्न रहेको देखिएको उल्लेख  गर्दै अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए ।
    
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले गत जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश दिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्