२१ जेठ २०८३, बिहीबार

श्रीलङ्काद्वारा महिलाहरूलाई व्यवसायमा सहज बनाउन ऋण योजना स्वीकृत

असार १८, २०८१
काठमाडौं
श्रीलङ्काद्वारा महिलाहरूलाई व्यवसायमा सहज बनाउन ऋण योजना स्वीकृत

श्रीलङ्काको मन्त्रिपरिषद्ले महिलाहरूलाई आर्थिक गतिविधिमा संलग्न गराउन बाधाहरू हटाउन विशेष ऋण योजना लागू गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । 
   
    मन्त्रिपरिषद्ले उद्यम क्षेत्रलाई पुनः सुदृढ गर्न लगानी योजनाका रूपमा २० अर्ब श्रीलङ्काली रुपैयाँ (छ करोड ५० लाख अमेरिकी डलर) विनियोजन गर्ने निर्णय गरेको सरकारको सूचना विभागले जनाएको छ ।

त्यसमध्ये दुई अर्ब रुपैयाँ (६५ लाख अमेरिकी डलर) महिलासम्बन्धी ऋण योजना कार्यान्वयन गर्न खर्च गरिनेछ ।

श्रीलङ्काको आर्थिक मामिलामा महिलाको सहभागिता अन्य क्षेत्रीय र एसियाली देशहरूको तुलनामा न्यून रहेको पाइएको छ ।

    श्रीलङ्काका कार्यबलको सन् २०२२ सर्वेक्षणअनुसार आर्थिकरूपमा सक्रिय जनसङ्ख्याको ३५ प्रतिशत महिला छन् । यसले आर्थिक सहभागिताको लैङ्गिक योगदान दरमा ठूलो असमानता देखाएको विभागले उल्लेख गरेको छ ।

       महिलाको सीमित वित्तीय साक्षरता र ऋण लिन आवश्यक पर्ने सम्पत्ति वा सुरक्षाको अभावजस्ता कारणले वित्तीय स्रोतमा पहुँचको अवसर सीमित भएको विभागले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्