२२ जेठ २०८३, शुक्रबार

हरित करबापत २० करोड रुपैयाँ सङ्कलन

असार १९, २०८१
काठमाडौं
हरित करबापत २० करोड रुपैयाँ सङ्कलन

डिजेल र पेट्रोलमा लगाइएको हरित करबापत २० करोड रुपियाँ सङ्कलन भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत डिजेल र पेट्रोलमा हरित करबापत एक रुपियाँ सङ्कलन गर्ने घोषणा गरिएको थियो ।

सोही अनुसार नेपाल आयल निगमले एक महिनाको अवधिमा हरित करबापत एक महिनामा २० करोड रुपियाँ सङ्कलन भएको नेपाल आयल
निगमले जनाएको छ । जेठ १५ बजेट भाषणमार्फत घोषणा गरिएको हरित कर सोही दिनदेखि नै लागुु भएको थियो । निगमले डिजेल र पेट्रोल
प्रतिलिटरमा एक रुपियाँका दरले हरित कर सङ्कलन गर्दै आएको छ ।

निगमले डिजेल पेट्रोल आयात हुने भन्सार विन्दुुमा नै कर सङ्कलन गर्ने गरेको जनाएको छ, गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्