०५ असार २०८३, शुक्रबार

सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र

असार १९, २०८१
बाग्लुङ
सालझण्डी–ढोरपाटन सडक अवरुद्ध, यात्रु अलपत्र
फाइल तस्वीर

बागलुङको सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन् । 

ढोरपाटन नगरपालिका–९ भुसुण्डेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

बुर्तिबाङ बजारहुँदै ढोरपाटन पुग्ने सडकको अन्य ठाउँसमेत पहिरो गएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले जानकारी दिए । अहिले पनि सो क्षेत्रमा वर्षा भइरहेको छ । 

'ठाउँ–ठाउँमा पहिरो झरेको छ, सडक खुलाउने प्रयास गरिरहेका छौं,' उनले भने ।

बुर्तिबाङ हुँदै ढोरपाटन हिँडेका पर्यटक बोबाङ र सुप्राङ गाउँमा अलपत्र परेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्