०५ साउन २०८३, मंगलबार

एभरेष्ट महिला भलिबल लिग हुने

असार २१, २०८१
काठमाडौं
एभरेष्ट महिला भलिबल लिग हुने

नेपाल भलिबल सङ्घले इन्फिनिटी ड्रिम्स प्रालिलाई एभरेष्ट महिला भलिबल लिग सञ्चालन गर्न अनुमति दिएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका अध्यक्ष जीतेन्द्रबाहदुर चन्द र इन्फिनिटी ड्रिम्स प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तरबीच उक्त प्रतियोगिता सञ्चालन गर्ने विषयबारे सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार ड्रिम्सले ६ टोलीबीच फ्रेन्चाइज भलिबल लिग गराउने प्रालिका निर्देशक अख्तरले बताए । 

उनले भलिबलमार्फत महिला खेलाडीलाई सशक्तीकरण गर्नुका साथै भलिबल खेलको विकास र विस्तारमा सहयोग पुर्‍याउने बताए । सो सम्झौता सात वर्षका लागि गरिएको हो । 
 
अध्यक्ष चन्दले इन्फिनिटी ड्रिम्सले गरेको सहयोगले भलिबल खेललाई व्यावसायिक रूपमा अघि बढाउन सहयोग पुग्ने बताए ।

लिगका माध्यमबाट खेलाडीलाई भलिबल खेलप्रति आकर्षित गर्न र अन्तर्राष्टियस्तरका प्रतियोगितामा  खेल प्रदर्शन गर्न सहज हुने उनले विश्वास व्यक्त गरे ।

लिग शुरू हुने समय भने पछि तय गरिने सङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्