०१ साउन २०८३, शुक्रबार
सन्दर्भः महाधिवेशन

एकीकृत समाजवादीको निष्कर्षः सैद्धान्तिक आधारबिना समीकरण बदल्नु दक्षिणपन्थी अवसरवाद [पूर्णपाठ]

असार २१, २०८१
काठमाडौं
एकीकृत समाजवादीको निष्कर्षः सैद्धान्तिक आधारबिना समीकरण बदल्नु दक्षिणपन्थी अवसरवाद [पूर्णपाठ]

नेकपा (एकीकृत समाजवादी)ले सैद्धान्तिक आधारबिना सत्तास्वार्थका लागि जोसँग जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर समीकरण बनाइएको भन्दै यसलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ ।   

महाधिवेशनबाट शुक्रवार पारित १९ बुँदे प्रस्तावमा एकीकृत समाजवादीले नेपाली कांग्रेस र नेकपा (एमाले)को नयाँ गठबन्धनलाई घुमाउरो पारामा दक्षिणपन्थी अवसरवाद भनेको हो । प्रस्तावमा उसले दुई दलको नाम भने लिएको छैन । 

एकीकृत समाजवादीले सैद्धान्तिक आधारबिना सत्तास्वार्थका लागि गरिएका गठबन्धनले अस्थिरता निम्त्याउने बताएको छ ।

‘सरकारको समीकरण परिवर्तन गर्दै कुनै सैद्धान्तिक आधारबिना सत्तास्वार्थका लागि जोसँग पनि जतिखेर पनि जस्तोसुकै सम्झौता गरेर अस्थिरता निम्त्याउने काम गर्नु दक्षिणपन्थी अवसरवाद हो भन्ने यो महाधिवेशनको निष्कर्ष छ,’ ३ नम्बर बुँदामा भनिएको छ । 

हेरौँ पूर्णपाठः 
 

salt training

कमेन्ट गर्नुहोस्