०९ साउन २०८३, शनिबार

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायमै रहन्छ– माधव नेपाल

असार २१, २०८१
काठमाडौं
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायमै रहन्छ– माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको महत्वपूर्ण भूमिका र योगदान रहने बताएका छन् । 

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन समापन समारोहमा अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिए । पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्याएको उनको भनाइ थियो । 

अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई बलियो कम्युनिस्ट पार्टीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । वर्तमान सरकारलाई समर्थन कायमै रहेको उल्लेख गर्दै उनले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएका राजनीतिक विषयको सामना गर्नुपर्ने बताए ।

पार्टीका नवनिर्वाचित महासचिव घनश्याम भुसालले महाधिवेशनबाट प्राप्त वैचारिक दृष्टिकोणले कम्युनिस्ट आन्दोलनलाई रुपान्तरण र पुनःगठनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । पार्टीले नयाँ कार्यसमिति ९३ जनाको बनाएको छ । महाधिवेशनले १९ बुँदे प्रस्ताव समेत पारित गरेको छ ।  –रासस–

salt training

कमेन्ट गर्नुहोस्