३२ असार २०८३, बिहीबार

मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

असार २२, २०८१
काठमाडौं
मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिन आज बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

एक महिनाअघि जेठ २५ गते ५५ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी मधेशको मुख्यमन्त्री नियुक्त भएका थिए । 

जनमत पार्टीका सांसद सिंहलाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका सांसदले समर्थन गरेका थिए । तर विश्वासको मत लिने समयमा केन्द्रमा गठबन्धन फेरिएको छ ।

गठबन्धन फेरिए पनि एमालेले विश्वासको मत दिने भएको छ । एमाले मधेश प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिए ।  

मधेशमा जनमतका १३सहित एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, माओवादी केन्द्रका ९, लोसपाका ८, नेकपा एसका ७, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १/१ गरी १०६ जना सांसद छन् । सरकार टिकाउन ५४ जना प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्